Comments Add Comment

उपनिर्वाचन : तनहुँमा मनोनयन दर्ताअघि कांग्रेसको सभा

तनहुँ, २० चैत। आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ। बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो। 

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ। तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्दैछन्। 

मनोनयन दर्ताअघि तनहुँमा कांग्रेसले सभा गरिरहेको छ। कांग्रेस महामन्त्री गगनकुमार थापाले भट्टराई गठबन्धनका साझा उम्मेदवार रहेका बताए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ