Comments Add Comment

सुख्खाक्षेत्रको खानेपानी योजनामा खिचातानी, दुई पटकको बैठक स्थगित 

रमेश थापा
पाँचथर : नेपाल सरकारले पहिलो पटक सुख्खाक्षेत्र घोषणा गरेको पाँचथरको कुम्मायक गाउँपालिका हो। सुख्खाक्षेत्रका ३ हजार ४३ घरधुरीलाई लक्षित गर्दै ५२ करोडको लगानीमा निर्माण सम्पन्न भएको वृहत तमोर पम्पिङ खानेपानी योजना संचालनमा छ। खानेपानी संचालन र व्यावस्थापनको जिम्मा उपभोत्ता समितिको काँधमा छ। तर पछिल्लो समय समिति गठनको बिषयलाई लिएर सहमती जुट्न सकेको छैन। समिति गठनमा दलीय भागबण्डा नमिल्दा उपभोत्ता समितिको दुइ पटको बैठक स्थगित बन्न पुगेको छ। 
गत चैत १८ गते बसेको समितिको चौथो अधिवेशनबाट पुरानो समिति बिगठन गरी नयाँ समिति गठनको प्रकृया अघि बढेको थियो। अध्यक्ष पदमा सहमती जुट्न नसकेपछि राती अबेरसम्म टुङ्गो लागेन। पुनःचैत २१ गते बैठक बसी समितिको टुङ्गो लगाउने निर्णय भयो। २१ गते बसेको बैठक पनि बिना निष्कर्ष टुङगियो। समिति गठनको सहमती नजुट्दा बैसाख ५ गते निर्वाचन हुने निणर्य सहित बैठक स्थगित भएको निर्वाचन मण्डलका संचालक प्रकाशमणी बिसीले बताए। कुम्मायकका ४ वटा वडाका साविक ३६ टोलका पदाधिकारीको उपस्थितिमा निर्वाचन मार्फत समिति गठन गरिने भएको छ।
खानेपानी जस्तो अति सम्वेदनशिल बिषयमा समितिकै बिषयलाई लिएर पटक-पटक बैठक सार्नु गलत भएको स्थानीय दल बहादुर थापा बताउछन्। खानेपानीको कठोर समस्या पार गरेका गाउँपालिकाबासीलाई खानेपानीको पहुँचमा पु¥याउन पहल गर्ने समितिले पुर्णता नपाउदा समस्या सृर्जना भएको स्थानीय जकेन्द्र लावती बताउछन्। सहमतीको आधारमा समिति गठन गर्न दुई वटा बैठक बस्दा पनि सहमती जुट्न नसक्नु दुखत पक्ष रहेको उनको गुनासो छ। उपभोक्ता समिति अध्यक्षमा पुरानै समितिका पदाधिकारीहरुको दावी छ। एक अर्काले दावी नछोड्दा समिति गठनको काम अन्योल भएको हो। समितिको अध्यक्षमा मेघराज निरौला र अमरसिं थापाको दावी छ। निरौला यस अघिको समितिका कार्यवाहक अध्यक्ष हुन भने थापा महासचिव हुन। 
यता समितिको कोषमा रहेको ७२ लाख, ७४ हजार ७७४ रुपैयाँ मध्ये हालसम्म ४० लाख ५९ हजार ६५ रुपैयाँ खर्च भएको छ। समितिले विद्युत महसुल, कर्मचारी र उपकरण खरिदमा सो रकम खर्च गरेको हो। हाल समितिको खातामा ३२ लाख १५ हजार ७०८ रुपैयाँ मौजात छ। उपभोक्ताबाट उठ्न बाकी मासिक विद्युत महसुल १९ लाख ६ हजार ६८५ रुपैयाँ छ् भने धरौटी रकम ३ लाख ९३ हजार १४५ रुपैयाँ छ। यो संगै समितिको उठ्न बाँकी रकम सहित ५५ लाख १५ हजार ३ सय ५९ रुपैयाँ बचत रहेको लेखा समिति संयोजक गोविन्द फुयाँलले बताए। समितिले मासिक अढाई लाख भन्दा बढि घाटा व्यहोर्दै आएको छ। खानेपानीमा बढेको चुवावट र महसुल उठाउन नसक्दा योजना संचालनमा कठिनाई उत्पन्न भएको छ। यस्तो अवस्थामा योजनाको प्रभावकारी संचालनको पक्षलाई ध्यान दिनु पर्नेमा भागबण्डामा अझिएर आयोजना माथी खेलबाड गर्न खोजेको स्थानीयको आरोप छ।

फाइल तश्बिरहरु:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ