पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका—१ निवासी ब्लड क्यानसर पीडित परिवारलाई लावती सयङ प्रवासले आर्थिक सहयोग गरेको छ । पापोहाङ लावती सयङ प्रवास समिति दक्षिण कोरियाले संकलन गरेको १ लाख ३५ हजार रुपैयाँ पीडित परिवारलाई सहयोग गरेको हो । क्यानसर रोगको उपचारका क्रममा कुम्मायक—१ की रविना लावतीले ज्यान गुमाएकी थिइन् । आर्थिक अवस्था कमजोर रहेको परिवारलाई उपचार र काज किरियामा लागेको खर्च व्यवस्थापन गर्न आर्थिक सहयोग गरिएको कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए ।
वडाअध्यक्ष लावतीको समन्वयमा दक्षिण कोरिया प्रवासले संकलन गरेर पठाएको रकम सयङकै पूर्व सचिव समेत रहेका लावतीले रविनाका श्रीमान ललित बहादुर लावतीलाई हस्तान्त्रण गरेका थिए । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पीडित परिवारलाई उक्त सहयोग रकम हस्तान्त्रण गरेको हो । सोही सहयोग रकम हस्तान्त्रण कार्यक्रममा मुटुरोगी कुम्मायक-१ का अमृत कुमार लावतीलाई पनि आर्थिक सहयोग गरिएको छ । सेवारो निप्पोन ग्रुप जापानले ४ हजार रुपैयाँ उपचारको लागि सहयोग गरेको हो ।
.png)