यासोक-नेकपा(एकृकित समाजवादी) केन्द्रिय पोलिट व्युरो सदस्य तथा प्रदेश एक सभा सदस्य गणेश काम्बाङले ओलीको दम्ब र घमण्डले दुई तिहाइको कम्युनिष्ट पाटी फुटेको आरोप लगाएका छन । तीनै तहमा कम्युनिस्ट नेतृत्वको सरकार हुदा हुदै पाटी भित्र एक लौटी शासन गर्न खोज्दा कम्युनिष्ट पाटी बिभाजन हुन गएको बताए । पाँचथरको कुम्मायक गाउँपालिका-२ नं. वडाको अगुवा कार्यकर्ता भेला तथा वडा कमिटी गठन कार्यक्रमलाई सम्वोधन गर्दै उनले असली कम्युनिष्ट बिचारधार एकिकृत समाजवादी भएको दावी गर्दै देशभर जनलहर बढ्दै गएको समेत दावी गरे ।
कार्यक्रममा नौमती बाजा र च्याब्रुङ प्रर्दशन गरिएको थियो । सोही अवसरमा काम्बाङले वडा संगठन कमिटीको पाटी कार्यालय समेत उत्घाटन गरेका थिए । कार्यक्रममा पाटीका जिल्ला अध्यक्ष कमल जबेगु, उपाध्यक्ष प्रेम प्रसाद रिजाल, सचिव तिबेन्द्र चापागाई लगायतका जिल्ला स्तरका नेताहरुले सम्वोधन गरेका थिए ।
कार्यक्रममा वडा कमिटी सहित बिभिन्न जनबर्गीय संगठन समेत गठन गरिएको थियो । कमलप्रसाद निरौलाको अध्यक्षतामा ३९ सदस्य वडा संगठन कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा दानबहादुर खड्का, सचिव चित्रकुमार शेर्मा, सह सचिव बिमला शेर्मा र कोषाध्यक्ष योगमाया कुइकेल रहेका छन ।
त्यस्तै युवा संघ नेपालको अध्यक्षमा फुलकुमार विश्वकर्मा चयन भएका छन । उनको नेतृत्वमा ३७ सदस्य युवा संघ गठन गरिएको छ । सोही कार्यक्रममा सोनु राईको नेतृत्वमा १३ सदस्य अनेमा संघ र मैतबहादुर नेपालीको नेतृत्वमा ११ सदस्य किसान संघ गठन गरिएको पाटीका जिल्ला सचिवालय सदस्य तथा कुम्मायक २ का वडा अध्यक्ष बालकृष्ण शेर्माले जनाए ।
.png)