Comments Add Comment

यासोक—देउराली क्षेत्र सेवा समाजद्धारा कुम्मायक गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

१९ असार २०७८

मदन थापा—पाँचथरको कुम्मायक गाउँपालिकालाई यासोक देउराली क्षेत्र सेवा समाज काठमाण्डौले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना भाइरसको माहामारी रोकथाम तथा न्यूनीकरण गर्न समाजले अक्सिजन सहितको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । समाजसेवी भक्तिमान सुब्बा सम्बाहाम्फेको पहलमा स्वास्थ्य सेवा बिभाग मार्फत समाजले ५ लाख मुल्यको सामाग्री हस्तान्त्रण गरेको हो ।

बुधबार गाउँपालिकाको कार्यालयमा सेवा समाजका राहत बितरण सम्योजक भीम सम्बाहाम्फेले पालिका अध्यक्ष जयबहादुर चेम्जोङलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्नु भएको हो । समाजको अगुवाइमा ३ थान अक्सिजन, ५ थान पल्स अक्सिमिटर, सेनिटाइजर २० लिटर, गमबुट २० थान लगायत रहेका छन ।

स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्दै समाजका राहत बितरण सम्योजक भीम सम्बाहाम्फेले समाजको अभियान निरन्तर रुपमा चलिरहेको भन्दै निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अहिलेसम्म धेरै रकम संकलन भएको र बाँकी ३० प्रतिशत रकम संकलनको चरणमा रहेको जानकारी दिनुभयो ।

यता संकटको बेलामा पालिकालाई सहयोग गरेको भन्दै अध्यक्ष चेम्जोङले सेवा समाजको प्रशंसा गर्नुभयो । उहाँले रकम संकलन गरी सहयोग गर्ने समाजको काम उदाहरणीय रहेको भन्दै निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष सिता आर्चाय, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, प्रसाशकीय अधिकृत देबेन्द्र कटुवाल, वडा नम्बर १ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती लगायत जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थीति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ