Comments Add Comment

प्रमुख प्रशासकीय अधिकृत दाहालको बिदाई

यासोक-पाँचथरको तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालको बिदाइ गरिएको छ । सोमवार गाउँपालिकामा एक कार्यक्रमको अयोजना गरी दाहालको बिदाइ गरिएको हो । दाहालले २०७४ साल पुष २ गते कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नु भएको थियो । दाहालले करिव चार वर्षसम्म गाउँपालिकाको समृद्धिको लागि महत्वपूर्ण योग्दान पुर्‍याउनु भएको भन्दै गाउँपालिकाले उच्च सम्मान सहित बिदाइ गरेको हो ।
गाउँपालिका अध्यक्ष होमनाथ थापाले मायाँको चिनो प्रदान गर्दै दाहालको बिदाई गर्नुभएको थियो । त्यस्तै पाँच वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी र बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले मायाँको चिनो र माला सहित सम्मान गरेका थिए । दाहाल इलामको रोङ गाउँपालिका सरुवा हुनुभएको हो ।   

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ