Comments Add Comment

तमोर पम्पीङ्ग खानेपानी आयोजना: अध्यक्ष र सचिव पदमा निर्वाचन हुने, अन्य पदमा सहमती 

कुमार खड्का

यासोक, ४ वैशाख- सरकारले पहिलो पटक घोषणा गरेको पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित  यासोक सुख्खा क्षेत्र तमोर पम्पीङ्ग  खानेपानी आयोजनाको दुई पदमा निर्वाचन हुने भएको छ। समितिको अध्यक्ष र सचिव पदमा निर्वाचन हुने भएको हो।

अन्य पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएपनि अध्यक्ष र सचिव पदमा चार जनाको उम्मेद्धारी परेपछि निर्वाचन गर्न लागिएको निर्वाचन समितिको सदस्य अमर पौडेलले जानकारी दिनुभयो। निर्वाचन मंगलवार बिहान १०ः३० बजे देखि दिउँसो ३ बजे सम्म संचालन हुने  निर्वाचन समितिको सदस्य पौडेलले बताउनुभयो अध्यक्ष पदमा एगेन्द्रबहादुर खड्का र मेघराज निरौलाले उम्मेद्धारी दिएका छन। त्यस्तै सचिव पदमा पनि दुई जनाको उम्मेद्धारी परेको छ। सो पदमा डुकेन्द्र चेम्जोङ र टंक प्रसाद पौडेलले उम्मेद्धारी दिएका छन। 

यसैबिच अन्य पदमा पदाधिकारी निर्विरोध निर्वाचित भएका छन। निर्विरोध निर्वाचित हुने पदाधिकारीहरुमा उपाध्यक्षमा गोपाल प्रसाद पोख्रेल र रिजवान सम्बाहाम्फे, महासचिवमा जकेन्द्र लावती, कोषाध्यक्षमा टंकबहादुर पौडेल, महिला सदस्यमा कृष्णमायाँ खड्का, यामकुमारी खड्का, टिका भण्डारी, छविकुमारी ढकाल निर्विरोध निर्वाचित भएका छन। त्यस्तै खुल्ला सदस्यमा राजु खतिवडा, चिरञ्जीवि पाण्डे, सेमिक लावती रहेका छन। लेखा संयोजकमा नरेन्द्र कार्की, लेखा सदस्यहरुमा कमल प्रसाद चम्लागाई र अम्बर कुमार लावती निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ