Comments Add Comment

देवताका दुःख चित्रमा

काठमाडौं, १४ वैशाख

राजधानीको सिद्धार्थ आर्ट क्यालरीमा सुरु भएको आधुनिक चित्र प्रदर्शनी हेर्न आधुनिक चित्र सेक्सनको ढोकाबाट छिर्ने दर्शकमध्ये ढोकामै धेरै जना एकछिन अड्किन्छन् । त्यसपछि तिनीहरूमध्ये धेरैको मुखबाट अचानक निस्कने शव्द हो वाह ! त कसैको मुखबाट सिक्कने शव्द हो, अनविलिएभल (अविश्वनिय), सो नाइस, आइ लाइक इट । 

ढोकाबाट छिर्ने वित्तिकै ठूलो आयत आकारको झुण्डाएको रंगीन र कालो सेतो चित्र देखिन्छ । यही चित्रप्रति धेरैजना आकर्षित भएका हुन् । यो चित्रको शीर्षक गड लस्ट चाइल्स हुड (भगवानले बाल्यकाल गुमाए) भन्ने छ । चित्रमा बीचमा रंगीन देवता छन् भने त्यसको दायाँबायाँ रंगहिन दुई जना बालक हात समाएर बसेमा छन् ।

आकर्षक यो चित्र भक्तपुरका चित्रकार बालकृष्ण बनमालाले बनाएका हुन् । बनमालाले चित्रमार्फत झल्काउन खोजेको कुरा हो, भक्तपुरमा प्रत्येक वर्ष करिब ११ महिना हुने नवदुर्गा देवगण बन्ने पात्रका दुःख । चित्रको बीचमा श्वेत भैरव र सिमदुम छ । जुन बिहानदेखि बेलुकासम्म हुने जात्रामा खटने गर्छ । 
भक्तपुरको टोलटोलमा र काठमाडौं, काभ्रेका विभिन्न स्थानमा नचाइने प्रख्यात नवदुर्गा नाचमा देवता हुनेका दुःख उनले चित्रमार्फत् बिसाएका छन् । 
चित्रले जात्राको बेला बिहानदेखि बेलुकासम्म हुने कारण देवगण बनेका बच्चाहरू विद्यालय जान नपाउने उल्लेख छ । 

विद्यालय जान नपाउने भएका कारण उनीहरूको एक वर्ष खेर जान्छ । देवगण बन्ने पालो पालैपालो हुनेगर्छ । अर्को वर्ष पनि देवगण बन्ने भएन भने उनीहरु नै फेरी बन्नुपर्ने हुन्छ । यसले गर्दा शिक्षाबाट वञ्चित हुन्छन् उनीहरु । यसले उनीहरूको भविष्य ओझेलमा परेको देखाउन खोजिएका छन् चित्रमा।

चित्रमा पछाडिपट्टी तीन नै जनाको छाया कालो राख्नुको अर्थ अन्तिममा वा बुढेसकालमा देवगण बनेको तीन नै जनाको जीवन अन्धकारमय हुने गरेको वास्तविकता देखाउन खोजेको चित्रकार बनमाला सुनाउँछन् । सरकारी कर्मचारी भएको भए पेन्सिन पाउने वा संचयकोष हुन्छ । व्यापार व्यवसाय गरेको समयमा तन्न पैसा कमाएर बचत गरेको हुन्छ, तर यसमा यस्तो कुनै पनि सुविधा हुँदैन । देवतालाई भनेर चढाएका केही खानेकुरा, फलफूल हुन्छ र केही ५–१० रुपैया दक्षिणा । बस उनीहरूले पाउने त्यति नै हो ।

त्यसैबाट जेनतेन गुजारा चलाएका हुन्छन् उनीहरूले । देवता बन्न नसकेपछि एक छाक खानलाउनको पनि धौधौ हुन्छ उनीहरूको । 
बनमालाकै अर्को कुनामा राखेको महाकालीले नृत्य गरिरहेको चित्र पनि छ । त्यसमा पनि महाकालीको मास्क अर्थात नेपाल भाषामा ख्वपा लगाएको देवता छ । 

त्यसले देवता भएपछि लगाउने आभूषण सबै रंगीन थिए तर मानिस व्ल्याक एन्ड ह्वाइट थियो । बनमालाले देवताको मास्क लगाएसम्म सबैले देवता भनेर मान सम्मान इज्जत दिइन्छ । तर जब मास्क खोलिन्छ, त्यसपछि फेरी सर्वसाधारणको रुपमा नै जीवन विताएको हुन्छ भन्ने देखाउन खोजिएको छ । 

त्यसपछि धनसम्पत्ति छ भने सम्मान गरिन्छ नभए मान्छे पनि गन्दैनन् समाजले उनीहरुलाई भन्ने दर्शाउन खोजिको छ । भक्तपुरको नवदुर्गा देवगणको जिवनशैली यस्तो छ । मास्क लाएपछि सम्मान उटारेपछि अपमान ।

निरन्तर आधुनिक चित्र भनिएता पनि नवदुर्गा देवगणको मर्म, पीडा, इच्छा आकांक्षा, भविष्यकाबारेमा झल्काउने सचेतन झल्काउने चित्र निरन्तर लागिपरेको उनी सुनाउँछन् । यसको बारेमा नसोचेको भए अहिले देवगणहरु सबै अशिक्षित हुन बाध्य हुन्थ्यो । उनको निरन्तर पहलपछि अहिले देवगण बनेका ४ जना बच्चालाई विभिन्न निकायबाट १० कक्षासम्म निःशुल्क पढाउने व्यवस्था गरिएको छ । 

विभिन्न ठाउँमा प्रर्दशनी गर्दा उनको मुख्य पात्र नै नवदुर्गा देवगण नै हुने गरेको उनी सुनाउँछन् । आफ्नो प्यासनको साथसाथै यसले देवगणको समस्याबारे सबैको ध्यानाकर्षण गर्नको लागि निरन्तर पाइला चालिरहने उनी सुनाउँछन् । 

अरु चाडपर्व जात्रामा आधुनिकीकरण प्रयोग भइसकेको छ । तर नवदुर्गा जात्रा भने अहिले पनि परापूर्वकाल कै शैलीमा चलाइरहेको देखिन्छ । अहिले पनि देवता एक ठाउँबाट अर्को ठाउँमा नाचको लागि जाने क्रममा सवारीसाधनको प्रयोग गरिदैन । नवदुर्गा देवगणको मास्क खर्पनमा बोकेर हिडेर पुग्ने गर्दछ । भक्तपुरबाट साँंखु, बनेपा, पनौती, धुलिखेललगायतका ठाउँंहरुमा जुता नलगाई हिडेरै जाने गरिन्छ । 

सिद्धार्थ आर्ट ग्यालरीका संस्थापक संगीता थापाले सबैको चित्रमा गहिरो अर्थ बाकेको बताउँछिन् । तर भक्तपुरका चित्रकार बालकृष्ण बनमालाको चित्रमा अर्थको साथसाथै जिवित व्यक्तिहरुको कथा पनि झल्काउने गरेको बताउँछिन् । मलाई लाग्छ भक्तपुरको नवदुर्गा देवगणको बारे चित्र प्रर्दशनीमा ल्याउने उनी पहिलो व्यक्ति हुन्, उनी भन्छिन् । अहिले पनि अधिकांश प्रर्दशनीमा उनले नवदुर्गाका पात्रहरुलाई नै समाबेश गर्ने गरेको उनी सुनाउँछिन् ।

त्यस्तै देवेन्द्र सिंख्वालले नयाँपन झल्काउनको लागि यसपाली कुरकुला देवीको मूर्ति स्यामश्वेत (कलोसेतो) मा बनाएको बताए । खासमा पौभा भनेको रंगीन हुन्छ तर स्याश्वेत पनि बनाएर हेरौं भनेर भाइ र मैले मिलेको बनाएको हो, उनले भने । तर यो पुजा गर्नको लागि हुँदैन, थपे उनले । 
प्रर्दशनीमा आशा, क्रान्ति, खुसी, आत्म सन्तुष्ति, माया, फ्रस्टेसन (तनाब) अन्य मनोरञ्जनात्मक चित्र प्रस्तुत गरिएको छ । भक्तपुरलाई केन्द्रित गरेर प्रर्दशनी गरिएको छ । २०८० बैशाख जेष्ठ ५ गतेसम्म प्रदर्शन हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ