Comments Add Comment

ट्विटर प्रयोगकर्ताहरूद्वारा सीइओ एलोन मस्कको विपक्षमा मतदान

सान फ्रान्सिस्को, ४ पुस

ट्वीटर प्रयोगकर्ताहरूले सोमबार विवादास्पद मालिक एलोन मस्कलाई सीइओको पदबाट हटाउनको लागि मतदान गरेका छन् । जुन उनले आयोजना गरे र सम्मान गर्ने वाचा गरे, मस्कले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएको केही हप्तापछि उनले ट्वीटे प्रयोगकर्ताहरूमा सो आग्रह गरेका थिए।

एक करोड ७० लाख भन्दा बढी ट्वीटर प्रयोगकर्ताहरू मध्येबाट ७५.५ प्रतिशतले उनको विपक्षमा मतदान गरेका थिए । मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक पनि हुन् । उनले अक्टोबर २७ मा ट्विटरको प्रमुख भएदेखि बारम्बार विवादमा आएका थिए । उनले कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको, पत्रकारहरूलाई प्रतिबन्ध लगाएको र पहिले नि: शुल्क सेवाहरूको लागि शुल्क लिन खोजेपछि उनको विरुद्ध आक्रोश बढेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ