Comments Add Comment

अन्तरपालिका स्तरीय भलिवलको उपाधि याङवरकको पोल्टामा 

पाँचथर–पाँचथरको फाल्गुनन्द गाउँपालिका स्थित वसाँगुमा सम्पन्न भएको द्वितिया मेला अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि याङवरक गाउँपालिकाको पोल्टामा परेको छ ।  शुभ-दिपावलीको अवसरमा सम्पन्न भएको भलिवल प्रतियोगितामा फालेलुङ गाउँपालिकालाई हराउदै याङवरकले उपाधि हात पारेको हो । याङवरकले फालेलुङ गाउँपालिकालाई २५–२१, ३३–३१ र २५–१८ को अन्तरले पाखा लगाउदै उपाधि हात पारेको हो । 
याङवरकले सेमिफाइनलमा इलाम नगरपालिकालाई २५–१४, २५–२१ र २५–२० को सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा पक्का गरेका थियो । त्यस्तै फालेलुङले पनि फाल्गुनन्द गाउँपालिकालाई २५–१७, २५–१७, २५–१६ र २८–२६ ले पाखा लगाउँदै फाइनलमा याङवरकसँगको भेट पक्का गरेको थियो। 


प्रतियोगिताको विजेता याङवरकले नगद ७५ हजार ५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र हात पा¥यो भने, उप-विजेतामा चित्त बुझाएको फालेलुङले नगद ४५ हजार ५ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाण-पत्र हात पारेको त्रिबेणी युवा क्लब नेपालका अध्यक्ष यामराज आङ्देम्बेले बताए । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई नगद, ट्रफि, मेडल र प्रमाण पत्र बितरण गरिएको थियो ।


त्यसै गरी द्धितिया मेलाकै अवसरमा साँगितिक साँझ कार्यक्रममा राष्ट्रिय कलाकारहरुले प्रस्तुती राखेका थिए । पहिलो पटक राष्ट्रिय कलाकार मिलन नेवार, राजु आङदेम्बे, बिकाश लिम्बू, असोक मुकारुङ त्यस्तै एकान्त आङदेम्बे, सुजन आङदेम्बे र स्थानीय कलाकारले मनोरञ्जन प्रदान गरेको साँस्कृतिक कार्यक्रम संयोजक निरज पोर्तेलले जनाए  ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ