Comments Add Comment

महागुरुको १३८ औ जन्मजयन्ति : विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

 पाँचथर : १३८ औ फाल्गुनन्द जन्मजयन्तीको अवसरमा कुम्मायक गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । समाज सुधारक १६ औ राष्ट्रिय बिभुति फाल्गुनन्द लिङ्देनको जन्मोत्सवमा ४ सय २२ विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । प्रत्येक बर्ष कार्तिक २५ गते यासोकमा मनाउने जन्मजयन्तीमा विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्दै गर्ने गरिएको छ । गत शुक्रबार आयोजित सो समारोहमा लिङ्देनको सालिकमा फुलमालाले माल्यार्पण गर्दै १०८ लाधुङ्सेमी पुजापाठ पनि गरिएको थियो । 

उक्त कार्यक्रममा गाउँपालिकाका ३७ सामुदायिक विद्यालय र २ निजि बिधालयका गरी ३९ विद्यालयका कक्षा ४ र ५ मा अध्यनरत ४ सय २२ विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको सालिक संरक्षण सम्बर्द्धन समितिका अध्यक्ष सुर्य चेम्जोङले बताए ।
 विश्व शान्ति मानव एकताको अवसरमा विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै विद्यार्थीहरुलाई सो सामग्री प्रदान गरिएको जनाइएको छ । सोही अवसरमा कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती, कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती, निर्वतमान गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ