Comments Add Comment

लागुऔषधसहित दुई दिदीबहिनी पक्राउ

झापा, २२ वैशाख । झापा भद्रपुर विमानस्थलबाट दुई दिदीबहिनी महिला लागुऔषधसहित पक्राउ परेका छन् । 
बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ कि घर भई हाल झापाको मेचीनगर  बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई ७६ ग्राम ३४० मिलिग्राम  ब्राउन सुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ । 

विमानस्थलमा खटिएका प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई सो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ