Comments Add Comment

सांसदहरुको विद्युतीय हाजिरीको तयारी गर्न सभामुख घिमिरेको निर्देशन

काठमाडौं, २४ वैशाख । सभामुख देवराज घिमिरेले सांसदहरुको ईहाजिरी (विद्युतीय हारिजी)को व्यवस्था गर्न संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन् ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ईहाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् । 

ईहाजिरी सुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा सभामुख घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर भएको बताए । 

यसले सांसद तलबभत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको भन्दै उनले सांसदहरु बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराएका छन् । 

साथै बैठकमा उनले संसदीय सुनुवाई समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्ने र समितिको नेतृत्व पनि यही बीचमा टुंगो लगाउनुपर्ने धारणा राखे । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ