Comments Add Comment

कुम्मायकका संघसस्थालाई लेखा तालिम

रमेश थापा
पाँचथर:पाँचथरको कुम्मायक गाउँपालिकाका संघसस्थाहरुलाई क्षमता विकास गर्न लेखा तालिम संचालन गरिएको छ। कुम्मायक–३ को सामुदायिक भवनमा संचालन भएको तालिममा कुम्मायक ३ र ४ का संघ संस्थाका प्रतिनिधिको क्षमता विकास गर्न ७ दिने लेखा तालिम संचालन गरिएको हो।
कुम्मायक–३ को सिर्जनशिल महिला कृषि सहकारी संस्थाको आयोजनामा संचालन भएको तालिममा ३० जनाको सहभागीता रहेको थियो। तालिमका सहभागीहरुलाई सहकारीको चारखाता अन्तरर्गत आम्दानी, खर्च, सम्पती र दायित्वको बिषयमा जानकारी गराइएको थियो। त्यस्तै दायित्व खाता र भौचर भर्ने साथै प्रस्तावना लेखन गर्दा ध्यान दिनुपर्ने पक्षहरुको बिषयमा सहजिकरण गरिएको सहजकर्ता तथा जिल्ला सहकारी संघ पाँचथरका सचिव महेन्द्र लुइटेलले बताए।  

वडाको चालु आर्थिक वर्ष २०७९/०८० को २ लाख रकमबाट दुबै वडाका संघ सस्थाका प्रतिनिधिहरुको क्षमता विकास गर्न लेखा तालिम संचालन गरिएको आयोजक संस्थाकी अध्यक्ष पुष्पादेवी अधिकारीले बताइन्। तालिमका सहभागीहरुलाई वडाअध्यक्ष बाबुराम कार्की र संस्थाकै सल्लाहकार समिति सदस्य रामप्रसाद गजुरेलले प्रमाण पत्र बितरण गरेका थिए।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ