धनकुटा । धनकुटाको सागुरीगढी ३ मा मतदानमा खटिएकी सहायक कर्मचारीको मृत्यु भएको छ । मतदानमा खटिएकी पबित्रा लिम्बुको मृत्यु भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताएका छन् ।
मतदान स्थलको ब्यवस्थापन गरिरहेको बेला असहज भएपछी उनलाई घर पठाइएको थियो । कट्टेलले भने घर पुग्दा अचानक ढलेको र उनको मृत्यु भएको छ। उनि धनकुटा जिल्ला साँगुरिगढी गाउँपालिका ३ स्थित सीता देवि मा.वि. फाक्सिब, खोरखोले मा कार्यरत स्थाइ प्रा.वि. शिक्षिका रहेको र निज उच्च रक्तचापबाट पिडित रहेको साथै १३ महिनाको नानी पनि रहेको जानकारी प्राप्त भएको छ ।
.png)