यासोक—पाँचथरको कुम्मायक गाउँपालिका घर भई हाल दक्षिण कोरियामा रोजगारीको शिलशिलामा श्रम गर्दै आएका समाजसेवी गजेन्द्र शेर्माले तीन स्थानीयतहलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । कुम्मायक—२ माङजाबुङ घर भई हाल दक्षिण कोरियामा पुग्नु भएका शेर्माले ४ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको हो ।
कोभिड १९ को रोकथाम तथा न्यूनीकरण गर्न जिल्लाको कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकावासीलाई १ सय ४७ थर्मलगन र १९ हजार ९ सय सर्जिकल माक्स हस्तान्तरण गरिएको हो । शेर्माको परिवारले तीन वटै गाउँपालिकाको ८ वटा वडामा सवारी साधन प्रयोग गरी स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको थियो ।
कुम्मायक गाउँपालिकाको ५ वटा वडामा ९३ वटा थर्मलगन र २ नम्बर वडामा ४ हजार ९ सय ९४ वटा सर्जिकल माक्स बितरण गरेको शेर्माका दाजु घनेन्द्र शेर्माले जानकारी दिनुभयो । ३७ वटा सामुदायिक विद्यालय, वडा कार्यालय, महिला स्वास्थ्य स्वायमसेविका, स्वास्थ्य चौकी र संघ संस्थालाई थर्मलगन बितरण गरिएको उहाँको भनाई छ ।
त्यस्तै मिक्लाजुङ गाउँपालिकाको सराङडाँडाँ १ र २ नम्बर वडामा ३५ थान थर्मगन र ६ हजार ४ सय माक्स बितरण गरेको छ । महामारीको समयमा श्रम र पसिना बगाएर कमाएको पैसाले पुन्यको काम गरेको भन्दै २ नम्बर वडाका अध्यक्ष सन्तकुमार शेर्माले प्रसंशा गर्नुभयो ।
त्यसै गरी फाल्गुनन्द गाउँपालिकाको ६ नम्बर वडामा १४ थान थर्मलगन र ४ हजार ५ सय माक्स हस्तान्त्रण गरिएको छ । स्थानीय सरकारले थर्मलगन व्यवस्थापन गर्न नसकेको अवस्थामा प्रत्येक टोल—टोलमा थर्मलगन सहयोग गरेको भन्द्रै शेर्माको सहयोग स्मरण योग्य भएको वडा अध्यक्ष नारायण आङदेम्बेले बताउँनुभयो ।
यस अघि पनि उहाँले कुम्मायक—२ का नागरिकलाई २ लाख १६ हजार मुल्यको अक्सिजन, सेनिटाइजर र सर्जिकल माक्स बितरण गर्नुभएको थियो । यो संगै शेर्माले ६ लाख १६ हजारको व्यक्तिगत लगानीमा स्वास्थ्य सामाग्री सहयोग गरि सक्नु भएको छ ।
.png)