Comments Add Comment

पाँचथरमा विपद् पूर्व तयारी अभ्यास कार्यक्रम सम्पन्न 

रमेश थापा 
पाँचथर: पाँचथर र तेह्रथुमको सिमावर्ती तमोर नदिमा विपद् पूर्वतयारी अभ्यास शनिवार सम्पन्न भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले विपदजन्य घट्ना हुने तमोर नदिमा सुरक्षाकर्मीले विपद् पूर्व तयारी अभ्यास गरेको हो।
अभ्यासमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले सयुक्त अभ्यासको रुपमा पूर्व अभ्यास गरेका हुन। अभ्यास कार्यक्रममा खोला र नदिमा बग्दै गरेका नागरिकको तत्काल उद्धार र उपचार साथै मृत्यु पस्चात शव निकाल्ने लगायतका अभ्यास गरिएको थियो। सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, जिल्ला स्थितका राजनैतिक दलका प्रतिनिधि तथा स्थानिय तहका प्रतिनिधि, बिभिन्न सरोकारवालाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विपद व्यवस्थापन समिति समेतको सहभागितामा जिल्ला पाँचथर फिदिम नगरपालिका वडा नं. ४ माझिटार स्थित तमोर नदीमा विपद प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ