Comments Add Comment

बालकोटमा ओली र रेशम चौधरीबिच भेटवार्ता

काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। 

सोमबार विहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो भेटवार्तामा दुबै नेताका बिचमा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको थियो ।

जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकाेमा चाैधरीले ओलीलाइ धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै समेत धन्यवाद दिएका चाैधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए । 

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ