रमेश थापा
पाँचथर - पाँचथरमा याङबरक गाउँपालिका–१ स्थीत फेदीगाउँमा फसेका १२ जनालाई उद्धार गरिएको छ। बाढीपहिरोमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
सेनाले उद्धार गरेकाहरुमा याङबरक–१ का नरमाया गुरुङ, सन्दीप गुरुङ, हिमा गुरुङ, कृष्ण गुरुङ, जितमाया गुरुङ, काजी गुरुङ रहेका छन । त्यस्तै सोही स्थानकी सुनिता गुरुङ, मनकुमारी गुरुङ, सुष्मा गुरुङ पदमबहादुर गुरुङ र मनमाया खालिङ रहेका छन् ।
बाढीपहिरोमा फसेका उनीहरुलाई फेदी गाउँबाट स्थानीय च्याङथापु बजारमा स्थानान्तरण गरिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी हरि खतिवडाले जानकारी दिए।
खतिवडाका अनुसार हेंवा खोलाको बाढीका कारण शनिबार मध्यरातदेखि हराइरहेकी हिलिहाङ गाउँपालिका ७ माझीटारकी एलिशा गुरुङको शव भेटिएको छ। उनको शव धनकुटाको ५ छथर जोरपाटीस्थित तमोर नदीको किनारमा फेला परेको हो।
हालसम्म पाँचथरको बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३ जना अझै हराइरहेका छन्।
.png)