Comments Add Comment

गाउँपालिकाले दियो विद्यार्थीलाई शैक्षिक सामाग्री  र विद्यालय तयारी पोषाक

कुमार खड्का

यासोक- पाँचथरको कुम्मायक गाउँपालिकाका दुई वटा विद्यालयलाई शैक्षिक सामाग्री  र विद्यालय तयारी पोषाक वितरण गरिएको छ। वडा नम्बर ३ को हात्तीपोखरी आधारभुत विद्यालय र महादेव आधारभुत विद्यालयलाई कुम्मायक गाउँपालिकाले शैक्षिक सामाग्री  र विद्यालय तयारी पोषाक वितरण गरेको हो।

गाउँपालिकाले  हात्तीपोखरी आधारभुत बिद्यालयका २५ जना विद्यार्थी मध्ये विपन्न दलित परिवारका १५ जना विद्यार्थीलाई २० हजार बरावरको तयारी पोषाक दिएको छ। त्यस्तै सोहि विद्यालयमा अध्ययनरत  अन्य समुदायका १० जना विद्यार्थीलाई पनि अब तयारी पोषाक वितरण गरिने  गाउँपालिका अध्यक्ष बम लावतीले बताउनु भयो।  


यसैगरि पालिकाले ३ नम्बर वडा कात्तिकेमा रहेको महादेव आधारभुत विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ। विद्यालयमा १०  हजार बरावरको शैक्षिक सामाग्री प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताउनुभयो । 
शैक्षिक सामाग्री र विद्यालय तयारी पोषाक वितरण कार्यक्रममा पालिका अध्यक्ष बम प्रसाद लावती, उपाध्यक्ष महेन्द्र खड्का, प्रमुख प्रसाशकिय अधिकृत देवि तुम्वापो, शिक्षा अधिकृत प्रदिप सिं तामाङ सहभागी हुनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ