Comments Add Comment

वडाले बाड्यो बादर धपाउँने यन्त्र  

रमेश थापा
पाचथर : पाँचथरको कुम्मायक गाउँपालिका–१ नं. वडाले किसानलाई बादर धपाउँने यत्र बितरण गरेको छ । वडाले साबिक ९ वटा टोलका किसानलाई बाँदर धपाउने यत्र बितरण गरेको हो । महावीर पुनको आविष्कार केन्द्रमा निर्माण गरिएको बादर धपाउने यन्त्र एक कार्यक्रमका बीच बितरण गरिएको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । 
वडामा किसानले लगाएका बालीनाली तथा फलफूल साथै सागसब्जि बादरहरुको नष्ट गर्न थालेपछि वडाका किसानहरुले गुनासो गर्दै आएका थिए । उनिहरुको माग सम्बोधन गर्न गाउँपालिकाले खरिद गरेको उक्त यन्त्र साबिक वडाका सबै टोलहरुमा बितरण गरिको लावतीको भनाइ छ ।
 गाउँ घरमा आफुहरुले लगाएको खेतीपातीमा बादरले क्षति पु¥याएपछि समस्या भएको थियो । तर अहिले वडाले दिएको यत्रबाट कतै बादर धपाउन सकिन्छ कि भन्ने आशा पलाएको स्थानीय कृषक पुर्ण लावतिले बताए ।  गाउगाउ बस्तिबस्तिमा बादरको ज्यादती बढ्न थालेपछि विकल्पमा यो विधि अपनाएको वडा कार्यालयले जनाएको छ । 
वडाले १० वटा टोलका किसानहरुलाइ १० वटा बादर धपाउने यन्त्र बितरण गरेको थियो । त्यस्तै वडाले कृषकहरुलाई ५ लाख बराबरको बजेटबाट ३२ इन्चे पाइप ३ सय मिटरको दरले किसानलाई बितरण गरिएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ