Comments Add Comment

बृक्षरोपण गर्दे सडकमै ४२ करोड बजेट, फुसको छानामुक्त पालिका घोषणा गर्ने

रमेश थापा
पाँचथर: तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमबाट ४२ करोड बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले सिधुवा–सुक्रबारे सडक खण्डमा १० हजार बिरुवा वृक्षरोपण गर्दै सडकबाटै बजेटको घोषणा गरेको हो। गाउँपालिकाले पहिलो पटक नौलो अभ्यास गर्दै सडकबाटै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका बताए।
नीति तथा कार्यक्रममा पालिकाको सबैलाई जस्तापाता बितरण गरी फुसको छाना मुक्त पालिका घोषणा गर्ने भएको छ। आर्थिक रुपमा विपन्न समुदायका नागरिकलाई लक्षित गर्दै विगत लामो समयदेखि फुसको छानो अत्य गर्न गाउँपालिकाले काम गर्दै आएको छ। अधिकाम्स वडा सुख्खाक्षेत्र वडा भएकाले वर्षादको पानी संकलन गर्न र आगलागीबाट जोखिम कम गर्न पालिकालाई फुसको छानो मुक्त पालिका घोषणा गर्न लागिएको अध्यक्ष तिलाको भनाइ छ। 
गाउँपालिकाले प्रत्येक घरमा पक्की शौचालय, सुधारिएको चुलो सहित आगनमा फुलवारी कार्यक्रम प्रवर्दन गर्ने। प्रत्येक घरघरमा सुद्ध खानेपानी प्रवन्धका लागी फिल्टर बितरण गर्ने। सबै वडादेखि पालिका केन्द्रसम्म नियमित सडक सुविधा पु¥याउने र सिधुवा शुक्रवारे सडक फुल र विरूवाको सडक बनाउने र अन्य ग्रामीण सडक कालो पत्रे गर्ने कार्यक्रम समावेश गरिएको छ। पालिकाले घुमन्ते र मगन्ते नागरिकहरूलाई खाना सहित सुरक्षाको प्रवन्ध मिलाउने, लोकल रक्सी ब्राणडिङ्ग गर्ने, स्थानिय उत्पादन सबैमा ब्राण्ड लोगो दिने। गाउँपालिकाको छथर अस्पताल नयाँ भवनमा संचालनमा ल्याई उपकरण थप्ने, ल्याव सेवा विस्तार गर्ने, टेलिफोन स्वास्थ्य सेवा लागु गर्ने, पालिका भरी जेष्ठ नागरीक, एकल महिला, अपांग, गर्भवति महिला, एकल पुरुष, सुत्केरीहरुलाई निःशुलक एम्बुलेन्स सेवा दिने भएको छ।
शिक्षातर्फ सामुदायिक विद्यालयहरुमा कम्युटर नभएको विद्यालयहरुमा क्रमस नेट सहित जडान गर्ने, स्थानिय पाठ्यपुस्तक तयार गर्ने, वालकक्षा वालमैत्रि बनाउने, प्र.अ. तालिम, शिक्षक विषयगत तालिम, कक्षा १२ मा शिप तालिम, विद्यालय वाहिर रहेका गरीव विपन्न असहाय अपांग वालवाकिा शिक्षा लागु गर्ने जनाएको छ। आगामी वर्षको नीति तथा कार्यक्रममा दिगो लक्ष्यको पहुँचमा पुग्न कृषि, पशु, रोजगार र खेलकुद क्षेत्रलाई प्राथमिकता दिने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ