रमेश थापा
पाँचथरःः मेची राजमार्ग अन्तरर्गत पाँचथर–ताप्लेजुङ स्थीत हेँवा खोलामा अस्थाई रुपमा यातायात संचालनमा आएको छ । एघार दिनको लामो प्रयासपछि खोलामा होम पाइप लगाएर मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड सुचारु गरिएको हो ।
गत असार २ गते आएको बाढीले हेँवा खोलाको पुल बगाएपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड अवरुद्व भएको थियो । यातायात संचालन गर्न विभिन्न बैकल्पिक उपायको रुपमा सडक डिभिजन कार्यालय इलामका प्राविधिक,कामदार,स्थानीय,सुरक्षाकर्मीको सहकार्यमा तीनदिन अघि शुरु गरिएको डाइभर्सन राख्ने काम सफल भएसँगै मंगलबार दिउसोबाट सवारी र ढुवानीका साधन वारपार गर्न थालेका हुन ।
खोलामा १६ वटा होम पाइप राखेर डाइभर्सन गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमूख बिदुर पोखरेलले बताए । यस अघि नै यातायात खुलाउने तयारी भएपनि पानीको बहाव नघटेपछि सफल भएको थिएन । तर अहिले पानीको बहाव र होम पाइप थप गरेपछि तत्कालको लागि दुबै जिल्लाको यातायात संचालनमा आएको पोखरेलको भनाइ छ ।
हेँवा खोलाको पुल बगाएसंगै जिल्लाको हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकासँगै ताप्लेजुङ जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य वस्तु आपुर्ति ठप्प भएको थियो ।

.png)