Comments Add Comment

कुम्मायकमा कोशेली घर संचालन 

रमेश थापा 
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाले कोशेली घर संचालनमा ल्याएको छ। गाउँपालिकाले होसना ढाका कपडा पसलबाट कोशेली घर संचालनमा ल्याएको हो । घरेलु तथा साना उद्योग प्रर्वद्धन कार्यक्रम अन्तरर्गत घरेलु कपडा तथा कोशेली घर संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ। 
लागत साझेदारी कार्यक्रम अन्तरर्गत कोशेली घर संचालनको लागि पालिकाको १ लाख र ढाका पसलको १ लाख गरी दुई लाखमा कोशेली घर संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले बताए । 

गाउँपालिकाले संचालनमा ल्याएको कोशेली घरमा ढाका र खाडीबाट बुनेका श्रंगारका सामाग्री, कपडा, बाँसबाट बुनेका परि, थाक्रा, बिनायो, आर्कषक डिजाईनका मायाँको चिनो र गिफ्ट लगायत रहेको कोशेली घर संचालक सुर्यकुमारी चेम्जोङले बताइन् । यासोक बजारमा होलसेल तथा सुफत मुल्यमा सबै प्रकारका सामाग्री कोशेली घरबाट पाइने चेम्जोङको भनाइ छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ