Comments Add Comment

राजसंस्थाको बिषयमा आधिकारिक धारणा बनाउन राप्रपा नेपालले बनायो समिती

काठमाडौं, २४ असार । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राजसंस्था सम्बन्धि पार्टीको नीति पुनर्विचार सहित पार्टीको आधिकारिक धारणा तय गर्न उपाध्यक्ष प्रा. डा. बिष्णु बहादुर भण्डारीको संयोजकत्वमा सुझाव सहितको प्रतिवेदन पेश गर्न एक समिति गठन गर्हे निर्णय गरेको छ ।

समितिको सदस्यमा केशवराज श्रेष्ठ, बसन्तमान सिंह अधिकारी, हिक्मत बहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्य सचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन् । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय सिमा तोकिएको छ ।

यसै गरि सनातन धर्म संस्कृतिको रक्षा र प्रबर्द्धन गर्नको निमित्त राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निणर्य समेत गरेको छ । परिषद्को अध्यक्षमा प्रा. डा. बिष्णु बहादुर भण्डारीलाई मनोनयन गरिएको छ । यसै गरि पार्टीसँग आवद्ध भातृसंगठनहरु राष्ट्रिय खेलकुद संगठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान संगठन नेपालको अध्यक्षमा डम्बर प्रसाद शिवाकोटी, सदस्य सचिवमा जनक फडेरा, राष्ट्रिय अपाङ्ग संगठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम संगठन नेपालको अध्यक्षमा मो. खालिद इकवाल इराकीलाई जिम्मेवारी तोकिएको छ ।

साथै पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० भदौको दोश्रो हप्ता काठमाण्डौमा बोलाउने निणर्य गरिएको प्रबक्ता बसन्तमान सिंह अधिकारीद्वारा जारी बिज्ञप्तिमा जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ