Comments Add Comment

यो सरकारले ढाँट्ने र छक्याउने काममात्रै गर्छ : केपी ओली

काठमाडौं, २६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ढाँट्ने र छक्याउने काममात्रै गरिरहेको आरोप लगाएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको बागमती प्रदेश कमिटीको सातौं बैठकमा ओलीले सरकार गठन भएको सात महिनामा ढांट्नु र छल्नबाहेक अरू काम नगरेको आरोप लगाए।

उनले जेठ २४ गते पेस गर्नुपर्ने मिटरब्याजसम्बन्धी विधेयक असार ५ गते  ल्याएर एमालेले पास गर्न दिएन भन्ने बनाएको बताए।

बैशाख २४ गते पेश गर्नुपर्ने कुरा असार ५ गते पेश गरिएको र यतिन्जेल के हेरेर बसे भन्दै ओलीले प्रश्न गरेका छन्। 'अध्यादेशसम्बन्धि प्रतिस्थापन विधेयक राष्ट्रियसभामा असार ५ गते पेश गर्छन्, बैशाख २४ गते गर्नुपर्ने असार ५ सम्म के हेरेर बसेका होलान्?,’ उनले भने।

ओलीले सरकार उदासिन, लापरवाह र सामन्तको पक्षमा भएकाले  नियोजित रूपमा  अन्तिम दिन विधेयक पारितका लागि संसदमा ल्याइएको आरोप लगाए। संसदमा बोल्न दिएन भनेर प्रधानन्त्रीले झुट प्रचार गरेको ओलीको भनाइ थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ