Comments Add Comment

कुम्मायकका बिकले पाए पालिकाको साथ, घरमा विद्युत र खानेपानी जडान

रमेश थापा 
पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिका–५ स्थीत निगालेका नरबहादुर विकलाई गाउँपालिकाले सहयोग गरेको छ। आर्थिक अवस्था कमजोर भएका विकलाई गाउँपालिकाको आर्थिक सहयोगमा अपाङ्गता समुह कुम्मायक गाउँपालिकाले खानेपानी र विद्युत जडान गरी सहयोग गरेको हो। लामो समयदेखि आर्थिक अभावका कारण विद्युत र खानेपानी सुविधाबाट बञ्चित भएका विकलाई अपाङ्ग लक्षित बर्ग कार्यक्रम अन्तरर्गत विनियोजित रकम ४० हजारबाट विद्युत र खानेपानीको धार जडान गरिएको अपाङ्गता समुह कुम्मायक अध्यक्ष तेज बहादुर लावतीले बताए।


अपाङ्गता भएका विक बाथ रोग पीडित पनि हुन। उनको घरमा खानेपानी धारा जडान गर्न २२ हजार र विद्युत जडान, हाउस वाइरिङ गर्दा १८ हजार गरी ४० हजार खर्च भएको हो। खानेपानी र विद्युत वितरण कार्यक्रममा कुम्मायक गाउँपालिका अध्यक्ष वंमप्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख केदारबहादुर खड्का लगायतको उपस्थित रहेको थियो।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ