Comments Add Comment

पर्यावरण जोगाउन पक्की पोखरी

रमेश थापा
पाँचथर : नेपाल सरकारले २०६८ मा कुम्मायक गाउँपालिकालाई सुक्खाग्रस्त क्षेत्र घोषण गरेको थियो । वर्षाद कम भएकै कारण अधिकाम्सं कुवा पधेरा र धारा सुके । वर्षेनी बसाईसराईको संख्या पनि बढ्दै गयो । २०७२÷०७३ नेपाल सरकारले यासोक पंम्पिङ खानेपानी योजना अघि बढायो । २०७४ सालमा पहिलो पटक स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भए । जनप्रतिनिधिसंग नागरिकको पहिलो माग खानेपानीको थियो । सरकारले चलाएको वृहत तमोर पंम्पिङ खानेपानी योजनासंगै नागरिकको दैनिक जनजीवन धान्ने बैकल्पिक खानेपानीको जोहोमा गाउँपालिका लागि परेको थियो । त्यसमा पनि कुम्मायक गाउँपालिका १ नं. वडाकार्यालय धेरै अगाडी देखियो । 

वर्षादको पानी संकलन गर्ने देखि खेरगएको श्रोतलाई संचित गर्ने विधि अपनाएको थियो । वडाले हालसम्म तीन वटा पक्की पोखरी निर्माण गरी पानी संकलन गर्दै आएको छ । संकलित पानीबाट सिँचाही गर्न र अन्य आवश्यकता पुरा गर्न सहयोग पुगेको स्थानीय बताउछन ।  वडाले पहिलो पटक कुम्मायक–१ स्थित सेर्जेम्बा सामुदायिक वनमा वर्षातको पानी सङ्कलन गर्न पक्की पोखरी निर्माण गरेको थियो । वर्षातको पानीले मात्रै प¥याप्त नभएपछि पाइपबाट पानी ल्याई पोखरीमा पानी जम्मा गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष ०७४÷०७५ तथा आर्थिक वर्ष ०७५÷०७६ को रु. १४ लाख बजेटले सेर्जेम्बा सामुदायिक वनमा वर्षातको पानी संकलन गर्ने उद्देश्यसहित पक्की पोखरी निर्माण गरिएको थियो । सोही पोखरीमा पाइपबाट पानी ल्याई नर्सरी तथा बेर्ना उत्पादन गरिएको हो । पोखरीकै कारण नर्सरी, बेर्ना उत्पादन र एक निजी कृषि फम सञ्चालन भएको थियो । सामुदायिक वनका वीचमा पोखरी स्थापना गरिएपश्चात आसपासको क्षेत्रमा हरियाली विस्तार हुनुका साथै स्थानीयवासी कृषि, पशुपालन तथा बोटविरुवा लगाउनतर्फ प्रेरित भएका छन् ।

त्यस्तै प्रदेश सरकारको सहयोगमा खाल्डेमा दोस्रो पक्की पोखरी निर्माण गरी सिंचाईमा प्रयोग गर्न थालिएको छ । प्रदेशको १५ लाखको लागतमा करिव अढाइ लाख लिटर क्षमताको पक्की पोखरी निर्माण गरिएको हो । पोखरीमा जम्मा गरिएको पानीले फलफुल र बोट विरुवा लगाउनुको साथै सिंचाइमा सहज भएको स्थानीय एगेन्द्र बहादुर खड्काले बताए । बस्ती भन्दा माथिल्लो स्थानमा पोखरी निर्माण गरी जम्मा भएको पानी पाइपको प्रयोग गरी सिंचाई गरिएको खड्काको भनाइ छ ।

वडाकै तेस्रो पोखरी सोही वडाको खाल्डे मा.वि.को छेउमै निर्माण गरिएको छ । वडाको चालु आर्थिक वर्ष २०७९÷०८० को ७ लाख रुपैयाँमा पक्की पोखरी निर्माण गरेको हो । वर्षादको पानी संकलन गर्ने उदेश्यले पक्की पोखरी निर्माण गरेको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । सुख्खाक्षेत्रको पहिचान गरी वर्षादको पानी संकलन गरी बस्ती स्तरका नागरिकलाई सिंचाई गर्न सहयोग पु¥याउने उदेश्यले पोखरी निर्माण गरिएको लावतीको भनाइ छ ।
वर्षादको पानी संकलन गर्न २० मिटर लम्बाइ, १० मिटर चौडाइ र डेढ मिटर उचाहीको   पक्की पोखरी निर्माण गरिएको छ । असारको वर्षादले पोखरीमा डेढ फिटसम्म पानी जम्मा गरिएको छ । वडा कार्यालयले पोखरीको संरक्षण र संवद्र्धन गर्न पुर्ण वहादुर पौडेल अध्यक्षतामा ७ सदस्य संचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । समितिले पोखरीको रेखदेख जम्मा भएको पानी सिंचाइको लागि प्रयोग गर्नुपर्नेछ ।
वडाले पोखरीको अलवा बिभिन्न उपाय समेत अपनाउदै आएको छ । वर्षादको पानी संकलन गर्नकै लागि वडाकै ५ लाख रकमबाट ९० थान ५ सय लिटरका ड्रम समेत वितरण गरेको थियो । संघ सस्था र टोल—टोलमा पानीको जोहो गरी आवश्यकता अनुसार प्रयोग गर्न सो उपाय अपनाएको थियो । वडाले विगत लामो समयदेखि पानी जम्मा गर्न प्लाष्टिक पोखरी किसानलाई अनुदानमा वितरण गर्दै आएको छ ।


 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ