Comments Add Comment

कुम्मायक गाउँपालिकामा खानेपानी लिफ्ट गर्न सोलार प्यानल जडान

रमेश थापा
पाँचथर : पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकाको डिप बोरिङ खानेपानी लिफ्ट गर्न सोलार प्यानल जडान गरिएको छ । सङ्घीय खानेपानी ढल व्यवस्थापन कार्यालय इलामले ८० लाख ९३ हजारको लगानीमा पानी लिफ्ट गर्न सोलार प्यानल जडान गरेको हो । कार्यालयको आर्थिक वर्ष २०७९÷०८० को ८० लाख ९३ हजारको लागतमा पाँच वटा डिप बोरिङको खानेपानी लिफ्ट गर्न सौर्यउर्जा जडान गरिएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताए । यस अघि विद्युत महसुल र कर्मचारी व्यवस्थापन गर्दा लागत महसुल महङगो भई खानेपानी व्यवस्थापनमा पनि समस्या उत्पन्न भएको भन्दै सोलार जडान गएिको हो । सोलार प्यानल जडानसंगै विद्युत महसुल र कर्मचारी खर्च बचत हुने र न्युनतम शुल्कमा स्वाच्छ खानेपानीको पहुँचमा नागरिकलाई जोड्न सकिने चौधरीको भनाइ छ । 

गाउँपालिकाको ५ वटा डिपबोरिङ खानेपानी लिफ्ट गर्न ९ हजार ८ सय २५ वाट क्षमताको सौर्यउर्जा जडान गरिएको छ । प्रति सोलार प्यानलबाट प्रतिकिलो वाट ६५५ सौर्यउर्जा उत्पादन हुन्छ । सोही क्षमताको ५ वटा डिपबोरिङमा ८० वटा सोलार प्यानल जडान गरिएको सिस्टम एण्ड इर्नेर्जी प्रा.लि पोखराले जनाएको छ । प्राविधिक दिपेश योङहाङले बताए । जडान गरिएको सोलारबाट बिहानदेखि बेलुकासम्ममा खानेपानी लिफ्ट हुने पा.लि.का प्राविधिक दिपेश योङहाङले बताए । प्रत्येक खानेपानी योजनामा सेन्सर समेत जडान गरिएकाले यसमा विद्युत र कर्मचारी आवश्यक नपर्ने उनको भनाइ छ ।’ 
कोसी प्रदेश सरकारले ३ वर्षअघि खानेपानीको हाहाकार मच्चिएपछि कुम्मायकका ५ स्थानमा डिपबोरिङ खानेपानी योजना १ करोड ६० लाखको लागतमा संचालनमा ल्याएको थियो । विद्युत महसुल र कर्मचारी व्यवस्थामा समस्या हुदा नियमित खानेपानी संचालनमा आउन सकेको थिएन । तर पछिल्लो समय सौर्यउर्जाको प्रयोगपछि भने नियमित योजना संचालन हुने तमोर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौलाले बताए । गाउँपालिकाको पाँच वटा डिपबोरिङ खानेपानी योजना अन्तरर्गत कुम्मायक–१ मल्लिडे डिपबोरिङ खानेपानी लिफ्ट गर्न ६ सय ५५ वाडको १७ पाता प्यानल, कुम्मायक–३ को देवलमा १६, कुम्मायक–४ को उत्तिसेमा १७ वटा जडान गरिएको छ । त्यस्तै कुम्मायक–५ को गोलेडाँडा र स्वाबुङ डिपबोरिङमा १५÷१५ वटाको दरले पाँच स्थानमा ८० पाता सोलार जडान गरिएको छ । जसबाट ९ हजार ८२५ वाड सौर्यउर्जा उत्पादन हुने अध्यक्ष निरौलाको भनाइ छ ।

गाउँपालिकामा संचालन हुदै आएको देशकै ठुलो पम्पिङ प्रणालीको खानेपानी योजना संचालन हुदै आएको छ । सोही खानेपानी संचालन तथा व्यवस्थापनको जिम्मा पाएको  तमोर पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले डिपबोरिङ खानेपानी योजनाको पनि जिम्मेवारी पाएको समितिकै महासचिव जकेन्द्र लावतिले बताए । दुबै खानेपानी योजनालाई एकिकृत गरी उपभोक्तालाई बितरण गर्ने लक्ष्य राखिएको लावतीको भनाइ छ ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ