Comments Add Comment

संविधान दिवसः फाल्गुनन्दसंग २–० ले कुम्मायक पराजित

रमेश थापा 
पाँचथर: संविधान दिवसको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र कुम्मायक गाउँपालिका बीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा फाल्गुनन्दसंग कुम्मायक गाउँपालिका २–० को अन्तरले पराजित भएको छ । फाल्गुनन्द पालिकाका कर्मचारी र कुम्मायक गाउँपालिकाका कर्मचारी वीच भएको प्रतियोगितामा फाल्गुनन्दले २ गोल गर्दै आफ्नो टीमलाई जित दिलाएका थिए । 
निर्धारित ७० मिनेटको खेलको पहिलो हाफमा कुनै टीमले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफमा फाल्गुनन्दले अन्तिम समयमा लगातार दुई गोल गर्दै २–० को लक्ष्य हासिल गर्दै बिजय हासिल गरेको थियो। प्रतियोगितामा फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिं नेम्वाङ लगायतको उपस्थिति रहेको थियो। 


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ