Comments Add Comment

कुम्मायकमा फिल्टर प्लान्ट निर्माण, प्रति सेकेण्ड २० लिटर पानी सुद्धिकरण गर्ने 

रमेश थापा
पाँचथर: पाँचथरको सुख्खाक्षेत्र तमोर पम्पिङ खानेपानी योजनामा पानी सुद्धिकरण गर्ने फिल्टर प्लान्ट निर्माण गरिएको छ। कुम्मायक गाउँपालिकाका नागरिकलाई पानी सुद्धिकरण गरी बितरण गर्ने उदेश्यले फिल्टर प्लान्ट निर्माण गरिएको हो। सङ्घीय खानेपानी ढल–व्यवस्थापन आयोजना इलामको ४ करोड १९ हजारमा गौतम शक्ति निर्माण सेवा सिन्धुपाल्चोकले निर्माण सम्पन्न गरेको थियो।
ठेकेदार कम्पन्नीले एक वर्ष भित्रमा सम्पन्न गर्ने गरी २०७९ मा ठेक्का लिएको थियो। तोकिएको समय भन्दा अगाडी १० महिनामै निर्माणको काम सम्पन्न गरेको सङ्घीय खानेपानी ढल–व्यवस्थापन आयोजना इलामका इन्जिनियर रुपक पराजुली बताए। निर्माण सम्पन्न भएको प्लान्टले प्रति सेकेण्ड २० लिटर पानी सुद्धिकरण गर्नेछ। गाउँपालिकावासीलाई बितरण गर्ने पानी सुुद्धिकरण गर्न २० एल.पियसका दुई वटा फिल्टर प्लान्ट निर्माण गरिएको छ।
खानेपानी लिफ्ट गर्न प्रयोग लिएको पंम्पमा बालुवा सहितको बिभिन्न कणले पंम्प जल्ने र अन्य उपकरणमा क्षति पुग्ने भएकाले त्यो क्षति कम गर्दै सुद्धपानी वितरण गर्न फिल्टर प्लान्टको निर्माण गरिएको सङ्घीय खानेपानी ढल–व्यवस्थापन आयोजना इलामका प्रमुख सुरतलाल चौधरीले बताए। खानेपानीको गुणस्तर जेकजाँच गरेर मात्रै फिल्टर प्लान्ट निर्माण गर्ने हाम्रो योजना थियो चौधरीले भने। सोही अनुसार हिउँद र बर्खामा आउने पानीको गुणस्तर चेकजाँच गरेपछि विज्ञको टोलीद्धारा फिल्टर प्लान्टको डिजाईन गरी निर्माण गरिएको उनको भनाइ छ ।
सुख्खाक्षेत्रका ३ हजार ४३ घरधुरीलाई सुद्धपानी बितरण गर्न प्लान्ट निर्माण गरिएको तमोर पम्पिंङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मेघराज निरौलाले बताए। खानेपानी योजनाको पहिलो आरभिटिमा निर्माण गरिएको फिल्टर प्लान्टबाट पानी सुद्धिकरण गरी छौटौं आरभिटिसम्म पानी लिफ्ट गरिएको छ। फिल्टर प्लान्टले  प्रति घण्टा ७२ हजार लिटर पानी सुद्धिकरण गर्ने गरेको छ। दैनिक १८ घण्टा पानी संचालन हुने हो भने १८ घण्टामा १२ लाख ९६ हजार लिटर पानी सुद्धिकरण हुन्छ ।

कुम्मायक तथा देश बिदेशका थप गतिबिधिको निरन्तर जानकारी लिन तलको Youtube Channel Subscribe गर्हुहुन अनुरोध छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ