पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिकाका ६ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन । प्राधिकरणले विद्युत काटेपछि कुम्मायक ३ र ४ नम्बर वडाका ६ सय घरधुरी प्रभावित भएका हुन । रानीगाउँ विद्युत सहकारी संस्थाले विद्युतको ३ लाख बढि रकम बुझाउन नसक्दा विद्युत काटिएको हो ।
हिजोदेखि विद्युत अवरुद्ध हुदा विद्यालयको अर्धवार्षिक परीक्षा समेत प्रभावित भएको छ । यता रानीगाउँ विद्युत सहकारी संस्थाका अध्यक्ष राजेश्वर सम्बाहाम्फेले सहकारीको अवस्था धरासायी भएकाले रकम बुझाउन नसेको बताउदै ऋण खोजेर भए पनि केही दिन भित्रै रकम बुझाएर विद्युत सुचारु गर्ने बताए
.png)