रमेश थापा
पाँचथर: पाँचथर कुम्मायक गाउँपालिकाको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक टंक न्यौपाने साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन। जिल्ला प्रहरी कार्यालय पाँचथरले न्यौपानेलाई कार्यसम्पादनको आधारमा उत्कृष्ट प्रहरीको रुपमा घोषणा गरेको हो। विभागीय मुल्य–मान्यता, आदेशका साथै निर्देशनलाई उच्च मनोवल र साहसका साथ पालिकाको शान्तिशुरक्षा लगायतका गतिविधिमा सकृय भएको भन्दै न्यौपाने उत्कृष्ट प्रहरी घोषित भएका हुन।
इलाका प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा उनले अवैध रुपमा नदिजन्य बस्तुको उत्खनन् ओसारप्रसारलाई नियन्त्रण गरेको, ग्रामिण क्षेत्रमा विना कागजातका सवारी साधन नियन्त्रणमा लिएर कारवाही प्रकृया अघि बढाएको लगायतका गतिविधि गरेको भन्दै न्यौपानलेलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
त्यस्तै गाउँपालिकामा कुटपिटका घट्ना, सार्वजनिक सम्पतीको क्षति पु¥याउनेलाई नियन्त्रण गरेको साथै स्थानीय तहसंग समन्वय गरी डेंगी रोग नियन्त्रण र बजार व्यावस्थापनको लागि सडक अतिक्रमण हटाउने काम गरेको भन्दै साउन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी हरी खतिवडाले बताए।
.png)