Comments Add Comment

पोर्चुगलको प्रलोभन देखाएर ठगी गर्ने एक जना पक्राउ

काठमाडौं, १७ भदौ । पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठानको मल्लरानी गाउँपालिका-४ खलंगा घर भई हाल काठमाडौं-२६ सामाखुसी बस्ने २८ वर्षीय नवराज खड्का रहेका छन्। 

उनले वैदेशिक रोजगारका लागि पोर्चुगल पठाइदिने भनेर सन्दीप परियारसँग तीन लाख रुपैयाँ लिएर फरार भएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ