कुमार खड्का
यासोक- पाँचथरको कुम्मायक गाउँपालिकामा सचालित तमोर लिफ्टिङ खानेपानी आयोजनाको निर्माण सम्पन्न फिल्टर पलान्ट को सपोर्ट मेसिनरी वालको काम रोकिएको छ। मेसिनरी वालको काम गुणस्तरहिन भएको व्यापक जनगुनासो आएपछि बुधबार कुम्मायक गाउँपालिकाका उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक महेन्द्र बहादुर खडका सहितको टोलिले स्थलगत अनुगमन गरेको हो। निर्माण स्थल पुगि, निर्माण कार्यको अनुगमन गर्दा बिगतमा समेत उक्त स्थानमा मेसिनरी वाल भएको र उक्त वाल लामो झरिका कारण लडेको स्थानीयहरु बताउँछन। पुनः संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यलय इलामले उक्त फिल्टर प्लान्ट ट्याङकी संरक्षण गर्ने योजना अनुसार निर्माण कार्य सुरु गरिएको हो।

तर निर्माण कार्यमा लापरबाही भएको जनगुनासो आएपछी स्थलगत अनुगमन गरिएको कुम्मायक गाउँपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताउनु भयो । "जनस्तरबाट आएको जनगुनासो सत्य साबित भयो, निर्माण कार्य गुणस्तरहिन रहेको हुनाले तत्काल निर्माण कार्य अघि नबढाउन निर्देशन गरेको छु" उपाध्यक्ष खड्काको भनाइ छ। उहाँले भन्नू भयो "यो विषयलाई तत्काल सम्बन्धित कार्यालयलाई जानकारी गर्ने र निर्माण कार्य पुनः गर्न लगाउनु पर्छ, कुम्मायक गाउँपालिकाको प्राणको रुपमा रहेको आयोजनामा यस्तो लापरबाही यो सहन लायक छैन, म यस क्षेत्रका आम- उपभोक्ताहरुको हित बिपरित कामगर्ने कसैलाइ छाड्दिन त्यो मेरो कर्तव्य हो मेरो कर्तव्य बाट अलिकति पनि बिचलित हुदिन, यो मेरो प्रतिबद्धता हो उपाध्यक्ष खडकाले भन्नुभयो।
यता तमोर लिफ्ट खानेपानी आयोजना समितिका अध्यक्ष मेगराज निरौलाले भने खानेपानी आयोजना, सम्बन्धित कार्यालयले समितिको मातहतमा आईनसकेकोले निर्माणको जिम्मा कार्यालयनै रहेको र खानेपानी समिती आयोजनाको समन्वयकारी र सहजकर्ताको भुमिकामा मात्र रहेको उहाले बताउनुभयो ।

.png)