मनोज थापा
यासोक: भरपर्दो सडक संजाल र सुविधा सम्पन्न अस्पताल गाउँमा छैन । गम्भीर प्रकृतिका विरामी उपचारको लागि सदरमुकाम वा तराईका सुविधा सम्पन्न अस्पतालमा पुग्नु पर्ने हुन्छ । यस्तो अवस्थामा दुर्गम क्षेत्रका नागरिकले उपचार नपाउँदा अकालमै मृत्य बरण गर्न बाध्य छन । परिवारलाई दुर्गमबाट सुगममा पुर्याउन परिवारका सदस्य बैदेशिक रोजगारीको शिलशिलामा जाने गरेका छन । कष्ठकर प्रवासी जीवन धान्न मुस्कील परेको समयमा गाउँमा स्वास्थ्य संकट देखा पर्न थालेपछि प्रवासी जीवन विताउँदै आएका युवाहरु दुखि भएका छन । रगत र पसिना बगाएर कमाएको पैसा परिवार मात्रै होइन् समाजको लागि पनि खर्च गरेका छन ।
पाँचथरको मिक्लाजुङ गाउँपालिकाका—१ र २ नम्बर वडा को सराङडाँडामा कोरोना भाइरसको माहामारी बढ्दै गएको छ । गाउँमा भयाभह अवस्था देखा पर्ने भन्दै वडाबाट बैदेशिक रोजगारको लागि दक्षिण कोरियामा पुगेका युवाहरुले बिदेशमा श्रम बेचेर गाउँमा सहयोग गर्न थालेका छन । व्यत्तिगत र सामुहिक रुपमै अभियान संचालन गरी कोभिड संक्रमणबाट गाउँलाई बचाउन युवाहरुले सहयोग गर्न थालेका हुन । गाउँमा सहयोग जुटाउन दुबै वडाका युवाहरु एक भएका छन । उनिहरुले मिक्लाजुङ सरोकार समाज दक्षिण कोरिया गठन गरी दुबै वडालाई ३ लाख २० हजारको स्वास्थ्य सामाग्री सहयोग गरेका छन । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै समाजले वडा नम्बर १ सराङडाडाँलाई १ लाख ५० हजारको स्वास्थ्य सामाग्री र २ नम्बर वडालाई १ लाख ७० हजार रकम हस्तान्त्रण गरेको समाजका सम्योजक युगल किशोर लिम्बूले जानकारी दिनुभयो ।
गाउँ—घरमा संक्रमण बढ्न थालेको खबर पाएपछि कोरिया लगायत बिभिन्न देशमा रहेका वडावासी युवाहरुले आफ्नो वडावासी नागरिकलाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको शेर्माको भनाइ छ । समाजले ४ थान अक्सिजन, ५ सय ५० थान माक्स, ५ सय ५० थान सेनिटाइजर, १० थान पि.पि.ई सेट मिक्लाजङ—१ का वडा अध्यक्ष बिष्णुकुमार राईलाई हस्तान्त्रण गरेका छन । वडामा हस्तान्त्रण गरेको स्वास्थ्य सामाग्री वडा कार्यालयले स्वास्थ्य चौकी, संघ सस्थ्था, विद्यालयलाई बितरण गरिएको अध्यक्ष राइले बताउनुभयो ।
यसै गरी वडा नम्बर २ मा समाजले पठाएको रकम र अन्य देशमा बैदेशिक रोजगारीमा गएका युवाहरुले संकलन गरी पठाएको २ लाख ८३ हजार ६ सय रुपैयाँबाट स्वास्थ्य सामाग्री खरिद गरिएको वडा अध्यक्ष सन्तकुमार शेर्माले बताउनुभयो। उक्त रकमबाट ८ थान अक्सिजन सिलिन्डर, २ थान अक्सिजन कन्सन्ट्रेटर, ८ थान अक्सिजन थ्रो मिटर, ८ थान डिजिटल, प्रेसर मिटर र १५ थान पिपिइ खरिद गरिएको शेर्माको भनाइ छ ।
अभियानमा आर्थिक सहयोग गर्नुहुने सहयोगीदाताहरु ः
१. युगल किशोर शेर्मा ११०००० वान
२. सुन्दर दिप आङदेम्बे १००००० वान
३. सुरेश आङदेम्बे १००००० वान
४. तेजु आङदेम्बे ५०००० वान+२००००
५. दिपक आङदेम्बे ५०००० वान +२००००वान
६. आईन्द्र आङदेम्बे १००००० वान
७. निश्छल बान्तावा १००००० वान
८. सन्तोष मुकारुङ १००००० वान
९. पर्सु मुकारुङ १००००० वान
१०. अखिल मुकारुङ १००००० वान
११. मनिष राई १००००० वान
१२. राम साईला राई ५०००० वान
१३. तुलसी आङदेम्बे ५०००० वान +२०००० वान
१४. भिम आङदेम्बे ५०००० वान
१५. राजेश आङदेम्बे रु. ५,०००।
.png)