Comments Add Comment

उपप्रधानमन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २४ भदौ । उपचारका लागि गत साता वीरेन्द्र अस्पताल, छाउनीमा भर्ना भएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आइतबार डिस्चार्ज भएका छन्।

रक्षामन्त्री खड्का प्रोस्टेटको शल्यक्रिया गर्न भदौ १३ गते बुधबार नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए।

सोही दिन डा. भरत बहादुर भण्डारीको टोलीले मन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया गरेको थियो।

शल्यक्रियापछि स्वास्थ्यलाभका लागि उनी अस्पतालमै रहेको र आइतबार अपराह्न अस्पतालबाट डिस्चार्ज भएको नेपाली सेनाका महासेनानी अन्जन केशर खत्रीले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ