रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा भएको वुद्धिचाल प्रतियोगिताको प्रथम एल.वि लावती भएका छन । ९ औं संविधान दिवसको अवसरमा कुम्मायक गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा उत्तम राजवंशीलाई हराउँदै लावतीले प्रथम स्थान हासिल गरेका हुन। बिजेता बन्दै लावतीले नगद ४ हजार पुरस्कार हात पारेका छन। त्यस्तै दोस्रो स्थान हासिल गर्ने राजवंशीले दोस्रो हुदै नगद २ हजार हात पारेका थिए।
प्रतियोगिताको तेस्रो लक्ष्मी फेवादिन भए उनले नगद १ हजार हात पारे। त्यस्तै प्रतियोगिताको चौथो, पाँचौ, र छौटौं स्थानमा क्रमशः रञ्जन सम्बाहाम्फे, सुर्य लावती र केन्द्र प्रकाश बराललाई नगद पुरस्कार बितरण गरिएको स्वास्थ्यकर्मी सेमिक लावतीले बताए ।
प्रतियोगिताको विजेता र उपविजेताहरुलाई गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का र कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले नगद पुरस्कार हस्तान्त्रण गरेका थिए । प्रतियोगितामा फाल्गुनन्द र कुम्मायक गाउँपालिकाका २४ जनाले भाग लिएका थिए ।

.png)