काभ्रेपलाञ्चोक, ४ असोज । जनप्रतिनिधि थकित भएको भन्दै मण्डनपुर नगरपालिकामा आज सार्बजनिक बिदा दिईएको छ ।
नव निर्मित नगरपालिकाको भवन व्यवस्थापन गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनपुरमा बिदा दिईएको हो ।
‘बिगत तीन दिन देखी लगातार ब्यबस्थापन गर्ने कार्यमा खटिदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, बिद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी बिज्ञप्तिमा भनिएको छ।
.png)