पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिका - ५ स्थित स्याबरुम्बामा आइ पि एम कृषक पाठशाला सुरु भएको छ। टमटर खेतिका लागि शुरु भएको सो कृषक पाठशालामा करिब २५ जना स्थानीय कृषकहरुको सहभागिता रहेको छ। आज सो आइ पि एम कृषक पाठशाला को उद्घाटन समारोहमा प्रमुख अतिथी कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर बिस्टले यो पाठशालामा धेरै मिहेनत गरेर राम्रो सङ ज्ञान सिक्न अनुरोध गर्नु भयो। सो कार्यक्रममा कुम्मायक ५ का वडा सदस्य इन्द्र बहादुर चेम्जोङ , निगाले कृषि सहकारी सस्थाका अध्यक्ष महेन्द्र बहादुर खड्का ,कुम्मायक गाउँपालिका कार्यलय कृषि शाखाका इम कुमारी तामाङ राष्ट्रिय कृषक समूह महासंघ नेपाल पाँचथरका अध्यक्ष तथा कार्यक्रमका सहजकर्ता गणेश पोख्रेल लगायतले सुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।
कार्यक्रममा आयोजक थोक्पेला महिला कृषक समुहका तर्फ बाट यसोदा चेम्जोङले स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको अध्यक्षता समुहका अध्यक्ष बुद्ध माया चेम्जोङले गर्नु भएको थियो। सो कृषक पाठशालामा टमटर खेतीको सुरुवात देखि अन्त्य सम्मको खेती प्रणाली प्रशिक्षण दिइने आयोजकका सचिब बिमला हेम्ब्याले बताउनु भयो। कृषक पाठ्शाला कार्यक्रम ल्याउन अहम भुमिका खेल्ने निगाले कृषक सहकारी सस्थाका अध्यक्ष महेन्द्र बहादुर खड्कालाई सबैले धन्यवाद दिनु भएको थियो। यो कार्यक्रम ल्याउन मिहेनत गर्ने निगाले सहकारी सस्थाका अध्यक्ष महेन्द्र बहादुर खड्काले समाज र गाउँका लागि अनि हाम्रो समाजको गरिब स्तर सुधार्न केही सहयोग पुगोस भनेर यो अभियान गरेको बताउनु भयो।
.png)