Comments Add Comment

जबर्जस्ती करणी अभियोगमा विक पक्राउ

गुल्मी, २५ मंसिर

१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विकले ती किशोरीलाई शुक्रबार बिहान जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ