रमेश थापा
यासोक– पाँचथरको कुम्मायक गाउँपालिकाको १ नं. वडाले सडकको सेट ब्याडभित्र खेतीपाती नगर्न निर्देशन दिएको छ । यासोक बजार भित्रको सडकमा अनियन्त्रित रुपमा बिभिन्न खाध्यवाली लगाएको भन्दै सात दिन भित्र हटाउन निर्देशन दिएको हो।
कुम्मायक १ को वडा समितिले गत असोज ७ गते बैठक वसी बजार क्षेत्र भित्रको पक्की सडकको मोटरबाटोको सेट ब्याडभित्र बजारबासीले खाध्यवाली लाएको भन्दै हटाउने बिषयमा निणर्य गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न वडाले असोज ९ गते एक सुचना जारी गर्दै १६ गतेसम्ममा हटाउन निर्देशन दिएको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए ।
बजार भित्रको सडकमा मकैबाली र सागसब्जी लगाउँने जस्ता गतिविधि बढेको भन्दै बजारको बिभिन्न स्थानमा सुचना जारी गरिएको र एक हस्तासम्मको पनि समयअवधि दिएकाले बजारबासीले नियम पालना गर्नेमा आफु ढुक्क रहेको लावतीले बताए ।
.png)