Comments Add Comment

उदयपुरमा १२० किलो गाँजा बरामद

काठमाडौं, २५ मंसिर 

उदयपुरमा १२० किलो गाँजा बरामद भएको छ । कटारी नगरपालिका ६ साँगुरीबाट शनिबार झण्डै १ सय २० किलो अवैध लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ बोरा अवैध गाँजा फ्याँकेर फरार भएपश्चात् जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएको हो । हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ