Comments Add Comment

ईलाका प्रहरी कार्यालय यासोक ‘उत्कृष्ट प्रहरी कार्यालय’ घोषित 

रमेश थापा
पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको इलाका प्रहरी कार्यालय यासोक उत्कृष्ट प्रहरी कार्यालय घोषित भएको छ । प्रहरी कार्यालयको व्यारेक, मेष, कार्यालयको सरसफाई र अभिलेखहरुको व्यवस्थापन उत्कृष्ट भएको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरले उत्कृष्ट प्रहरी  कार्यालयको रुपमा सम्मान गरेको हो ।


नेपाल प्रहरीको विभागीय नीति निर्देशन अन्तरगत दिएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा कार्यालयले गरेको अनुगमन र निरिक्षणको क्रममा असोज महिनाको उत्कृष्ट प्रहरी कार्यालयमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यस अघि पनि इलाका प्रहरी कार्यालय यासोकका प्रमुख प्रहरी नायव निरिक्षक टंक न्यौपाने उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएका थिए। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ