Comments Add Comment

प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्ष स्यान्डर्सबीच भेटवार्ता

काठमाडौं, २५ असोज । बेलायत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सबीच भेटवार्ता भएको छ। 

लण्डनस्थित बेलायती सेनाको मुख्यालयमा भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ। 

भेटघाटको दौरान बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने कुरा बताएको नेपाली सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। 

सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदारको पनि उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ