Comments Add Comment

सुस्ताबासीले अब भारतीय बाटो प्रयोग गर्नुनपर्ने, फागुनसम्म पुल बनिसक्ने

काठमाडौं, ३० असोज । सुस्तावासीले भारतीय बाटो प्रयोग गरेर अब नेपाल छिर्नु पर्ने बाध्यता सकिने भएको छ । 

नवलपरासीबाट निर्वाचित सांसद बिनोद चौधरीले फागुन मसान्तसम्ममा सुस्ताबासी नेपालको पुल प्रयोग गरेर आवातजावात गर्न पाउने जनाएका छन ।

सामाजिक सञ्जाल टविटरमा एउटा भिडियो राख्दै उनले यो जानकारी दिएका हुन । ‘म अहिले नवलपरासी सुस्ता नारायणी नदि पारीको सुस्तामा उभिएर बोल्दैछु। पृष्ठभुमिमा नारायणी नदि माथी बनेको पुलको संरचना देख्नुहुन्छ,’ उनले आफनो सन्देशमा भनेका छन्, ‘यो पुलले अब छिट्टै सुस्ता पारि जानको लागि भारतीय  बाटो प्रयोग गर्नुपर्ने सुस्तावासिको वाध्यता अन्त्य हुँदैछ, आगामी फागुन मसान्तसम्म यस पुलको निर्माण संपन्न भई सञ्चालनमा आउने मलाइ बिश्वास छ ।’ 
उनले सो पुलले भुगोल मात्रै नभई देशको भावना पनि जोडिने जनाएका छन । ‘यो पुलले देशको भूगोललाई मात्रै होइन सुस्तावासिको भावनालाइ पनि जोड्नेछ’ उनले भनेका छन । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ