Comments Add Comment

१० दिन देखी काशीकाे सुरुङमा फसेका मजदुरको भिडियो सार्बजनिक, सबै सकुशल

काशी, ५ मंशिर । बिगत १० दिन देखी सुरुङमा फसेका मजदुरको पहिलो भिडियो सार्बजनिक भएको छ । 

उत्तराखण्डको उत्तरकाशीस्थित सिल्कारा सुरुङमा १० दिनदेखि फसेका ४१ जना मजदुरको पहिलो फुटेज सार्वजनिक भएको हो । 

इन्डोस्कोपिक क्यामेरा आइतबार नयाँ ६ इन्च चौडा पाइपलाइनमार्फत भित्र पठाइएको थियो। यसैमार्फत मजदुरसँग वार्ता पनि भएको थियो । उनीहरुको आधिकारिक गणनासमेत गरिएको थियो । 

फुटेजमा देखिएका सबै कामदार अहिलेसम्म सकुशल नै रहेका छन् । उनीहरु सबै जना खुसी र हाँसिरहेका देखिएका छन् । 

अब उनीहरु सकुशल रहेको भिडियो बाहिर आए पछि उनीहरुको उद्धारमा गम्भिरतापुर्वक काम भईरहेको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ