Comments Add Comment

कुम्मायकमा खोला उत्खनन् वडाले रोक्यो 

रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकामा अवैध खोला उत्खनन् वडाले रोकेको छ। कुम्मायक–४ स्थीत निवुखोला अवैध उत्खनन् गर्दै गरेको अवस्थामा वडाले स्थलगत अनुगमन गरी रोकेको हो। वडाअध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फे सहितको टोलिले खोलाको स्काभेटर र ट्रिफर नियन्त्रणमा लिएर खोला उत्खनन् नगर्न निर्देशन दिएका छन्। एपएस निर्माण कम्पनी इलामले संचालन गरेको क्रसरको लागि अवैध उत्खनन् हुदै आएको थियो। क्रसर व्यवसायी गणेश श्रेष्ठलाई खोला उत्खनन् नगर्न निर्देशन दिएको अध्यक्ष सम्बाहाम्फेले बताए। गाउँपालिकाले अनुमती दिएपछि निर्माण कम्पनीले क्रसर स्थापना गरेको थियो। खोलामा उद्योग मात्रै स्थापना गर्न पाउने तर खोलाको बालुवा र गिटी ओसारपसार गर्न नपाउँने सहमतीमा क्रसर स्थापना गरिएको थियो। उद्योगले केही दिनदेखि कुम्मायक गाउँपालिका र फिदिम नगरपालिका सिमानामा बग्ने निबुखोलामा अवैध उत्खनन् गरेको भन्दै स्थानीयले वडा कार्यालयलाई सुचना दिएका थिए। सोही सुचनाको आधारमा अवैध उत्खनन् बन्द गरेको वडाअध्यक्ष फगेन्द्र कुमार सम्बाहाम्फेले बताए।
यता निर्माण कम्पनीले फिदिम नगरपालिकाको अनुमती लिएर फिदिम क्षेत्रमा उत्खनन् गरेको जनाएको छ। निर्माण व्यवसायी गणेश श्रेष्ठका अनुसार फिदिम नगरपालिका क्षेत्रमा पर्ने खोलाको पारीपट्टि बाट मात्रै उत्खनन् गरेको बताएका छन। खोला र खोलाको कुलोलाई असर नगरी उत्खनन् गरेका थियौ। यसले ठुलो असर र क्षति पु¥याउँदैन उनले भने्। निर्माण कम्पनीले कुम्मायक गाउँपालिकालाई आर्थिक वर्ष २०८०-०८१ को लागि पुनः क्रसर उद्योगको संम्झौताको लागि एक महिना अघि निवेदन दिएको समेत जनाएका छन। तर निवेदन पाएको कुम्मायक गाउँपालिकाले समयमै कार्यपालिका बैठकबसी सो बिषयमा निणर्य गर्न नसकेको सम्बाहाम्फेको भनाइ छ। 
गत वर्षदेखि गाउँपालिकाको अनुमतीमा खोलामै क्रसर उद्योग संचालन गर्न दिएको छ। स्थापनाको अनुमती मात्रै पाएको निर्माण कम्पनीले सो क्षेत्रमा उत्खनन् गर्न नपाउँने सम्झौता गाउँपालिकासंग गरेको थियो। उद्योगमा बाहिरबाट कच्चापदार्थ ल्याएर प्रसोधन मात्रै गर्न पाउने गाउँपालिकाले जनाएको छ। उद्योगले तमोर कोरिडोरमा कच्चापदार्थ प्रसोधन गर्न पाउने गरी सहमती भएको छ। उद्योग स्थापना र प्रसोधनको लागि गाउँपालिकामा राजश्व बुझाएको छ। तर अहिले सहमती विपरित बेला बेला अवैध खोला उत्खनन् गर्दै आएको छ। गाउँपालिकाका इन्जिनियर महेन्द्र बाँस्कोटाका अनुसार सम्झौता अनुसार काम नगर्दा पटक–पटक स्काभेटरको चावी नियन्त्रणमा लिएका थियौं। केही सुधारको अपेक्षा होला भन्ने आश थियो उनले भने् समय समयमा गाउँपालिकाले उद्योगको अनुगमन र निरिक्षण गरी सचेत समेत गराउँदै आएको उनको भनाइ छ।
कुम्मायक गाउँपालिकाको तीन स्थानमा क्रसर स्थापना भएको छ। गाउँपालिकाको फिदिम स्थीत निवुखोला, कुम्मायक ४ को जयरामघाट र कुम्मायक १ को साँवा सेरामा क्रसर संचालनमा छ। यी तीन क्षेत्र मध्ये जयरामघाटको क्रसर बन्द गरिएको छ। अवैध रुपमा क्रसर संचालन गरेको भन्दै गाउँपालिकाले उक्त क्रसर बन्द गरेको हो। त्यस्तै तुम्बेवा गाउँपालिका र कुम्मायक गाउँपालिकाको साँवा सेराको क्रसरले खोला उत्खनन् गरेको बिषयमा गाउँपालिका सहित जिल्ला प्रशासन सहितको टोलिले अनुगमन गरेको थियो। अनुगमन टोलिले कुम्मायकतिरको खोला उत्खनन् नगर्न निर्देशन दिएको थियो।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ