रमेश थापा
पाँचथर- कुम्मायक गाउँपालिका–५ का दिपेन्द्र भण्डारीले २ वर्ष अघि डेरी उद्योग खोले। साथीभाईहरु रोजगारीको अवसर खोज्दै बिदेश जाँदा उनि भने गाउँमै केही गर्ने हुटहुटीका साथ बसे। सुरुसुरुमा उनले डेरी उद्योगबाट राम्रो आयआर्जन गर्न सफल पनि भए। डेरी उद्योग किसानको आयश्रोतको बाटो पनि थियो। तर अहिले उद्योगले बजार नपाएपछि डेरी उद्योग बन्द गर्न बाध्य भए। डेरी उद्योगमा उत्पादन भएको दुद्य बाट बनेको घिउ र छुर्पीको बजार नपाएपछि उद्योग बन्द गरेको भण्डारी बताउछन् ।
‘गाउँमा मैले डेरी उद्योग संचालन गरेको केही महिनापछि दैनिक किसानले २ सय लिटर दुध ल्याउथे । बजारको अवस्था हेरेर प्रति लिटर ९५ रुपैयाँमा किसानको दुद्य खरिद गर्थे। उनले भने् तर अहिले दुद्यका परिकारको बजार अभाव भएपछि म मात्रै होइन किसान पनि निराश बनेका छन भण्डारीले सुनाए। किसानबाट सङ्कलित गरेको दुधबाट बनेका छुर्पी, पनिर र घिउको निर्यात हुन नसकेपछि कुम्मायक–५ स्थीत निगालेको डेरी उद्योग बन्द भएको हो। जसका कारण एक सय भन्दा बढी किसान प्रत्यक्ष मारमा परेका छन।
वडाको साविक आहाले, लोरिपा, सुङमासे र रानीगाउँका किसानले दुध बेचेर घर खर्च जुटाएका थिए। डेरी उद्योग बन्द भएपछि सबै भन्दा पीडा सोही वडाकी कुमारी खड्काको छ। प्रति लिटर ९५ रुपैयाँँको दरले दैनिक ८ लिटर दुध बेचेर छोराछोरीको स्कुल खर्च र घर खर्च टार्दै आएको उनि बताउछिन्। घरमा मुख्य आम्दानीको श्रोत भनेकै दुद्य बेच्नु हो। अन्त बेच्न लादाँ राम्रो मुल्यमा बिक्री हुदैन अनि बजार नपाएपछि घाटा बेहोर्नु परेको छ अर्का किसान हेमन्त बोहोराले दुखेसो पोखे । बोहोरा भन्छन् मैले मासिक १५ हजार रुपैयाँ भन्दा बढीको दुद्य बेचेर मनग्ये आम्दानी गरेको थिए। घर खर्च धानीरहेको थियो। अचानक डेरी बन्द भएको खबर पाएपछि निराश भईयो ।
बोहोराको जस्तै पीडा अर्का किसान टठ बहादुर घिमिरेको पनि छ। वडाको साविक आहाले देखि छिमेकीको दुद्य किनेर पेशागत रुपमा डेरीसम्म पु¥याउथे। यो पेशाबाट उनले राम्रो कमाई गर्दै आएका थिए । तर डेरी बन्द हुदा अहिले उनको रोजिरोटी पनि बन्द भएको छ। कुम्मायक गाउँपालिकामा संचालित अधिकांस डेरी उद्योगहरु बजार अभावकै कारण बन्द हुने अवस्थामा छन। यस्तो समस्याले गर्दा गाउँघरमा गाई भैंसी पालेर आम्दानी गर्छु भन्ने आश पनि हराउन थालेको स्थानीय समाजसेवी बिमल पौडेल बताए। खेतीपाती गर्यो जंगली जनावर बादर, मिर्ग र दुम्सिले बिनास गरी बाली बिनास गरिदिने पिरोलो छ उनले भने।
यता नागरिकको घर आगनकै सरकार स्थानीय सरकार हो । स्थानीय सरकारको रुपमा कुम्मायक गाउँपालिका छ । गाउँपालिकाले बिभिन्न पेशा व्यवसाय गर्दै आएका किसानलाई उद्यमी प्रर्वद्धन गर्ने उदेश्यले उद्योग व्यवसायमा अनुदानका कार्यक्रमहरु अघि सार्दै आएको छ। त्यस मध्ये पनि डेरी उद्योगमा ठुलो लगानी गरेको गाउँपालिकाले बजार व्यवस्थापनको बिषयमा खासै चासो दिएको पाइदैन। उद्योगीलाई अहिले मुख्य चुनौति बजारको छ। उद्योगमा उत्पादन गरेको दुद्यका परिकारले बजार मुल्य नपाउँदा उद्योगी मात्रै होइन त्यसको प्रत्यक्ष मारमा किसान पनि पर्ने गरेका छन। यस्तो बिषयमा स्थानीय सरकार गम्भिर बन्नुपर्ने देखिन्छ।
.png)