फाल्गुन ३० गते
पाँचथर- मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका-९ सिन्धुपाल्चोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका-५ रामेछापका ३४ बर्षीय कृष्ण बहादुर मगर रहेका छन ।
हिजो राती साढे १० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले संका लागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैया १ लाख ५ हजार बरामद गरेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी गराउनुभएको छ ।
.png)